Main

तीन शतकसँगै श्रीलंकाको विशाल योगफल

११ असोज, काठमाडौं। कामिन्दु मेन्डिस, दिनेश चान्डिमल र कुशल मेन्डिसको शतकमा श्रीलंकाले दोस्रो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध विशाल योगफल खडा गरेकोछ।

गाले रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले ६०२–५ को अवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गर्‍यो। कामिन्दु मेन्डिस २५० बलमा १६ चौका र ४ छक्कासहित १८२ रनमा नट आउट रहे । उनले आफ्नो आठौं टेस्ट खेल पाँचौं शतक प्रहार गरेका हुन् ।

कुशल मेन्डिस १४९ बलमा ६ चौका र ३ छक्कासहित १०६ रनमा नट आउट रहे । छैटौं विकेटलाई कुशल र कामिन्दुले २७१ बलमा २०० रनको साझेदारी गरेका थिए ।

पहिलो दिन दिनेश चान्डिमलले ११६ रनको शतकीय इनिङ खेलेका थिए । ओपनर पाथुम निसांका १, दिमुथ करुणारत्ने ४६, एन्जिलो म्याथ्युज ८८ र कप्तान धनन्जय डि सिल्भा ४४ रनमा आउट भए ।

न्युजिल्यान्डका ग्लेन फिलिप्सले ३ विकेट लिए । न्युजिल्यान्ड पहिलो इनिङमा २२–२ को अवस्थामा दोस्रो दिनको खेल सकिएकोछ । ओपनर टम लामथ २ र डेभन कन्वे ९ रनमा आउट भए । केन विलियम्सन ६ रनमा नट आउट छन् ।

पहिलो टेस्ट खेलमा श्रीलंका ६३ रनले विजयी भएको थियो । दुई खेलको सिरिजमा श्रीलंका १–० ले अघिछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button