Main
किष्ट अस्पतालमा थप दुई जनामा कलेजो प्रत्यारोपण

१६ असार, काठमाडौं । किष्ट शिक्षण अस्पतालमा थप दुईजना बिरामीमा कलेजो प्रत्यारोपण भएको छ ।
कलेजो क्यान्सर भई सिरोसिस भएका दुई बिरामीको प्रत्यारोपण पश्चात सुक्ष्म निगरानीमा राखी आईसीयूमा उपचार भइरहको अस्पतालले जनाएको छ । योसँगै किष्टले ७ जनामा कलेजो प्रत्यारोपण गरिसकेको छ ।
अस्पतालसँग सम्पर्क आएको दिनदेखि १० दिनभित्रै कानुनी र चिकित्सकीय प्रक्रिया पूरा गरी कलेज र मृर्गौला प्रत्यारोपण गर्न सकिने अस्पतालले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।