Main

६० किलो सुन प्रकरणमा अमलाविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं। ६० किलो सुन तस्करी प्रकरणमा संलग्न अमला रोकाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले डिफ्युजन नोटिस जारी गरेको छ।

नेशनल कन्ट्रोल ब्‍यूरो ९एनसीबी० काठमाडौँले गरेको सिफारिसका आधारमा रोल्पा घर भएकी रोकाविरूद्ध बुधबार इन्टरपोलले डिफ्जू नोटिस जारी गरेको हो।

हङ्कङबाट तस्करी गरी ल्याइएको ६० किलो सुन प्रकरणमा सिआइबीले रोका पनि संलग्न रहेको निष्कर्षनिकाल्दै उनलाई प्रतिवादी बनाएको थियो।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको ६० किलो सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।

उक्त प्रकरणमा तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङको मुख्य संलग्नता रहेको खुलेको थियो।

सोही प्रकरणमा दावाकी पत्नी अमला पनि जोडिएको निष्कर्षसहित सिआइबीले प्रतिवेदन बुझाएको थियो।

 

 

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button