Main
एमाले कमजोर भयो भन्नेहरुका लागि यो सभा जवाफ हो : शंकर पोखरेल
७ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले कमजोर भयो भन्नेहरुका लागि यो सभा जवाफ भएको बताएका छन् । दरबारमार्गमा जारी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो धारणा राखेका हुन् ।
श्रीलंकालाई वामपन्थी सरकारले संकटबाट पार लगाएको भन्दै उनले नेपालको संकट समाधान पनि एमाले नेतृत्वको सरकारले गर्ने महासचिव पोखरेलले दाबी गरे । एमालेले सरकारको नेतृत्व गर्न थालेदेखि सुशासन र आर्थिक सुधार सुरु भएको उनले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।