Main

सहकारी ठगलाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन (तस्वीरहरू)

६ जेठ,  काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘ सहकारी ठगलाई कारबाही गर,  रवि लामिछाने होइन ठगी लामिछाने,  अदालतले भन्यो: गिरीबन्धुमा नीतिगत भ्रष्टाचार,  सहकारी ठगलाई नाकको डाँडी भाँचिने गरी कहिले हान्‍ने ?, गजब छ बा !,  बा गिरीबन्धुमा भ्रष्टाचारी, छोरा सहकारी ठग ‘ लगायतका ब्यानर बोकेर  प्रदर्शन गरेका हुन् ।

गृहमन्त्री रवि लामिछानेले आफूलाई संसद्‌मा पहिले बोल्न दिनुपर्ने माग गर्दै आएका छन् ।

यसअघि नेविसंघले संसद् भवनअगाडि पनि सहकारी ठगलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको थियो ।

हेर्नुहोस् तस्वीरहरू :

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button