सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि

१३ जेठ, काठमाडौं । साविक विजेता तथा छिमेकी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई २-१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ ।
लन्डनस्थित वेम्बली स्टेडियममा भएको खेलमा युनाइटेडका लागि अलेजान्द्रो गार्नाचो र कोबी माइनोले पहिलो हाफमै गोल गरेका थिए । साविक विजेता सिटीका लागि जेरिमी डोकुले गोल फर्काए ।
खेलको ३०औं मिनेटमा गार्नाचोको गोल गर्दै युनाइेडलाई अग्रता दिलाएका थिए । माइनोले ३९औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।
दुई गोलले पछि परेपछि सिटी दबाबमा परेको थियो । तर, गोल फर्काउन अन्तिमसम्म कुर्नुपर्यो ।
८७औं मिनेटमा वैकल्पिक खेलाडी जेरेमी डोकुले सिटीका लागि एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन ।
युनाइटेडले १३औं पटक एफए कपको उपाधि जितेको हो । युनाइटेडभन्दा आर्सनलले एक बढी अर्थात सर्वाधिक १४ पटक उपाधि जितेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।