Main

दयाहाङ राई विराटनगर किंग्सको गुडविल एम्बासडर नियुक्त

२ मंसिर, काठमाडौं । कलाकार दयाहाङ राई नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाईज टिम विराटनगर किंग्सको गुडविल एम्बासडर नियुक्त भएका छन् ।

विराटनगरले आइतबार काठमाडौंमा एक कार्यक्रम गर्दै राईलाई गुडविल एम्बासडरको रूपमा सार्वजनिक गरेको हो । विराटनगर किंग्सका मालिभ वेंकाटेसले दयाहाङलाई आधिकारिक रूपमा गुडविल एम्बासडर अनुबन्ध गरिएको घोषणा गरे ।

यो सम्झाैता एक वर्षका लागि हुने विराटनगर किंग्सले जानकारी दिएको छ ।

सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरमा आयरल्याण्डका केभिन ओ’ब्रायन प्रशिक्षक छन् । कार्यक्रममा विराटनगर किंग्सका मालिक वेंकाटेसले भने, ‘आजको दिन विशेष छ र फ्रेन्चाईज क्रिकेटमा नयाँ सुरुवात हुँदैछ । दयाहाङ राईलाई म हाम्रो टिमको गुडविल एम्बासडर घोषणा गर्दछु ।’

अभिनेता राईले एनपीएल नेपाली क्रिकेटमा नयाँ सुरुवात भएको बताए । ‘यसपाली तटस्थ बसेर एनपीएल हेराैँ भन्ने थियो तर, विराटनगरसँग जोडिएको छु’ उनले भने, ‘आफ्नै क्षेत्रको टिमसँग जोडिन पाउँदा खुशी छु ।’

उनले अगाडि थपे, ‘नेपाली क्रिकेट अहिले कहाँ पुगेको छ सबैलाई थाहा छ । क्रिकेटले हामी सबैलाई जोडेको छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button