Main

रुसी सेनाका परिवारले माइतीघरमा सुरू गरे अनशन (तस्वीरहरू)

७ वैशाख, काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरूले माइतीघर मण्डलमा अनशन सुरू गरेका छन् ।

शुक्रबार दिउँसोदेखि रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षा अभियानबाट अभियन्ता कृतु भण्डारीको नेतृत्वमा १२ परिवारले अनशन थालेका हुन् ।

उनीहरूले रुसी सेनामा भएका सबै नेपालीको अवस्था सार्वजनिक, सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता, भर्ती भएका र युक्रेनको कब्जामा रहेकाहरूको सकुशल उद्धारको माग राखेका छन् ।

युद्धमा परी घाइते भएका नेपालीहरूको उपचार, मृतक परिवारलाई क्षतिपूर्ति र शव नेपाल ल्याउने व्यवस्था गर्न माग राखेका छन् ।  त्यस्तै रुसी सेनाबाट पाउने तलब, भत्ताका लागि सहजीकरण गरिदिन पनि सरकारसँग आग्रह गरेका छन् ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button