Main

पेरिस ओलम्पिकमा खेलेका खेलाडीलाई एनओएको स्वागत

७ भदौं, काठमाडौं । पेरिस ओलम्पिक्स खेलेका खेलाडीलाई‌ नेपाल ओलम्पियन संघ (एनओए)ले शुक्रवार स्वागत गरेको‌ छ।

एनओएका अध्यक्ष दीपक बिष्टसहित केन्द्रिय समितिका पदाधिकारी र सदस्यले उनीहरूलाई स्वागत गरेका थिए। नेपाली‌ ओलम्पियन एनओएको स्वत: सदस्य हुनेछन्। पेरिस ओलम्पिक्समा नेपालका ७ खेलाडीले भाग लिएका थिए।

छनोट चरण पार गरेका टेबलटेनिस स्यान्टु श्रेष्ठसहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ प्रधान, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुष्मिता नेपाल तथा पौडीका एलेक्जेन्डर शाह र डुवाना लामाले पेरिस ओलम्पिक खेलेका थिए।

देशबाहिर रहेका स्यान्टु र एलेक्जेन्डरबाहेक सबैको स्वागत कार्यक्रममा उपस्थिति थियो। सन्तोषीले देशलाई प्रतिनिधित्व गर्दै ओलम्पिक परिवार सदस्य बन्दा गर्व लागेको सुनाइन् ।

एनओएका अध्यक्ष बिष्टले ओलम्पिक परिवारमा स्वागत गर्दै भविष्यमा समाजप्रतिको आफ्नो दायित्व पूरा गर्नुपर्ने जोड दिए। नयाँ ओलम्पियनको ओएलवाईको प्रमाणपत्रका लागि प्रक्रिया अघि बढाइने पनि बिष्टले जानकारी दिए।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button