बंगलादेश १०६ रनमा अलआउट, नेपाललाई १०७ रनको लक्ष्य

३ असार, काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टमा टस जितेर पहिला बलिङ गरेको नेपालले बंगलादेशलाई १९.२ ओभरमा १०६ रनमा अल आउट गर्यो ।
नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले इनिङको पहिलो बलमै विकेट दिलाउँदै उत्कृष्ट सुरुवात गरेका थिए ।
दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, सन्दीप लामिछाने र सोमपाल कामीले २/२ विकेट लिए ।
नेपालको बलिङ सामु बंगलादेशका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अनुभवी अलराण्डर सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए । रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे ।
ओपनर तान्जिद हसन शून्य, लिटन दास १०, नाज्मुल हसन सान्टो ४, तोव्हीद ह्रिदोय ९, महमुदूल्लाह रियाद १३, जाकेर अली १२ र तान्जिम हसन सकिबले ३ रन बनाए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।