Main
नेपाललाई नेपालीले नै रक्षा गर्ने हो : सापकोटा

१२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपाललाई नेपालीहरूले नै रक्षा गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाल अहिले भूराजनीतिको जटिल अवस्थामा रहेकाले यस्तो अवस्थामा नेपालीहरूको भूमिका मुख्य रहने बताए । भने, ‘नेपालीहरूलाई राजनीतिक दलहरूले बाटो देखाउनुपर्ने दिन आएको छ । दलहरूले बाटो देखाउन नसके दलहरू सकिने दिन पनि आउन सक्छ ।’
नेपाली जनतालाई ठिक ढंगले बाटो देखाउने हो भने धर्तीको कुनै तागतले नेपालीलाई हानी गर्न नसक्ने उनको दाबी थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।