Main

स्थानीय तहमा वर्षमै ६ अर्ब बढी सवारी खर्च

१४ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा स्थानीय तहले सवारी खरिद, मर्मत र इन्धनमा ठूलो रकम खर्च गरेका छन् । ती कामका लागि ६ अर्ब १७ करोड रुपैयाँभन्दा धेरै खर्च गरेका हुन् ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार २०७९/८० मा ७५ स्थानीय तहले चार पाङ्ग्रे सवारीसाधन खरिद तथा मर्मतमा ३ अर्ब ६६ करोड ७१ लाख २० हजार खर्च गरेका छन् ।

यस्तै १ सय ३० स्थानीय तहले २० करोड ७२ लाख ३८ हजार रुपैयाँको दुई पाङ्ग्रे सवारीसाधन गरी कुल ३ अर्ब ८७ करोड ४३ लाख ५८ हजारको सवारीसाधन खरिद गरेका छन् ।

मर्मत र इन्धनमा २ अर्ब ३० करोड खर्च

महालेखा परीक्षकको प्रतिवेदन अनुसार २ सय ६४ स्थानीय तहले सवारीसाधन मर्मतमा ७३ करोड ६७ लाख ९ हजार र ३ सय २७ स्थानीय तहले इन्धनमा १ अर्ब ५६ करोड ६९ लाख ८ हजार गरी २ अर्ब ३० करोड ३६ लाख १७ हजार खर्च गरेका छन्

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button