Main
ललितपुरको सिभिल होम्समा आगलागी
११ फागुन, काठमाडौं । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ । एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो । ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोली आगो निभाउन खटिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।