Main

नवलपरासीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

८ मंसिर, त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैंडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका-६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए ।

खेतमा आलु रोपिरहेको समयमा थारुलाई गैंडाले आक्रमण गरेको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button