Main

सुनसरीमा टिपरले भ्यानलाई ठक्कर दिँदा श्रीमान-श्रीमतीको मृत्यु

९ मंसिर, विराटनगर। सुनसरीमा टिपर र भ्यानको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपहानगरपालिका–१६ बालग्राम चोकमा आइतबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गमा पूर्व तर्फ जाँदै गरेको को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ क ३३८८ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट अनियन्त्रित भएर सडकमा लडेको मोटरसाइकललाई प्रदेश १–०२–००१ ज ३८११ नम्बरको म्याजिक भ्यानले पनि ठक्कर दिएको थियो ।

दुई वटा सवारीले ठक्कर दिदा मोटरसाइकलमा सवार संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीय टीका गुरुङको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरु श्रीमान-श्रीमती हुन् ।

टिपरका कारण मोरङ सुनसरीमा ९ दिनको अन्तरमा भएको दोस्रो ठूलो दुर्घटना हो । गत १ मंसिरमा पूर्वपश्चिम राजमार्गको मोरङको पथरी शनिश्चरे २ मा खण्डमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको थियो ।

पथरीशनिश्चरे–२ सुनझोडा पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदाम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button