Main

गण्डकीमा चुमानलाई पाण्डेको जवाफ : मध्यावधिमा जान्छ भनेर धम्क्याउन पर्दैन

२३ वैशाख, पोखरा । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिए मध्यावधिमा जान्छ भनेर नधम्क्याउन आग्रह गरेका छन् ।

मुख्यमन्त्री अधिकारीले मागेको विश्वासको मतमाथिको छलफलमा बोल्दै मुख्यमन्त्री पाण्डेले सरकार निर्माण हुने संविधानका अन्य धाराहरु बाँकी नै रहेकाले मध्यावधिमा जान्छ भनेर नतर्साउन आग्रह गरेका हुन् ।

माओवादीका नेता हरिबहादुर चुमानले मध्यावधिमा जाने होइन भन्ने आशंका गर्दै खगराजलाई मत दिनु भनेको मध्यावधिलाई रोक्नु भएको बताएका थिए । चुमानलाई जवाफ दिँदै निवर्तमान मुख्यमन्त्री पाण्डेले कसैलाई मध्यावधिमा जान्छ भनेर नतर्साउन आग्रह गरेका हुन् ।

गम्भीर मोडमा उभिएको चुमानको भनाइलाई जवाफ दिँदै पाण्डेले तेस्रो पटक स्थिरताका लागि संसदमा उभिएको भन्दै व्यंग्य गरे ।समाजवादको बिऊ रोप्न कसले रोकेको थियो भन्दै माओवादी नेता चुमानप्रति पाण्डेको प्रश्नसमेत गरे ।

‘अस्थिरताका कारक नेता कुन हो ? पार्टी कुन हो ? प्रतिपक्षी बेन्चमा कहिल्यै बस्नै नचाहने स्थिरताको कारक हो कि अस्थिरताको ?’ पाण्डेले भने, ‘कसैले कसैलाई तर्साउनै पर्दैन, आज मत नदिए मध्यावधिमा जान्छ भनेर कसैले धम्क्याउन पर्दैन, १६८ (२) अनुसार सरकार बनेन भने १६८ (३) अनुसार बन्छ, त्यसबाट पनि बनेन भने १६८ (५) अनुसार बन्छ ।’

निवर्तमान मुख्यमन्त्री पाण्डेले कुन संविधान पढेर मध्यावधिमा जान्छ भनेको भन्दै प्रश्न गरे । केन्द्रमा संघीयताको धारा ५ लाई प्रयोग नगरी मध्यावधिमा जाने कोसिस गरिएको र सर्वोच्चले रोकेको पाण्डेले स्मरण गरे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button