Main
विवेकानन्द झाको पुस्तक ‘सनातनी रामा’ विमोचन

काठमाडौं । विवेकानन्द झाको पुस्तक ‘सनातनी रामा’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित धार्मिक समारोहमा पूर्वउपराष्ट्रपति परमानन्द झाले पुस्तक विमोचन गरे ।
श्रीरामको महिमा र संघर्षको गाथा समेटिएको पुस्तकलाई पिलग्रिम्स पब्लिकेसनले प्रकाशन गरेको हो । कार्यक्रममा पूर्वउपराष्ट्रपति झाले सनातनी रामको महिमा र संघर्षको गाथा समेटिएको पुस्तक अयोध्यामा रामको मूर्तिमा प्राण प्रतिष्ठाकै दिन विमोचन गर्न पाउँदा खुसी लागेको बताए ।
पुस्तकको मूल्य २५० रुपैयाँ राखिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।