Main

भृकुटीमण्डपमा माओवादीको खबरदारी सभा सुरु

१० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभा काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ ।

खबरदारीसभा अघिे काठमाडौंका विभिन्न ठाउँबाट र्‍यालीसहित माओवादी नेता कार्यकर्ताहरु भृकुटीमण्डपमा भेला भएका थिए ।

सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मालगायत पदाधिकारी र नेताहरु सहभागी छन् ।

माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न माग गर्दै खबरदारी सभा गरेको हो ।

त्यस्तै आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन षड्यन्त्र भइरहेको भन्दै त्यसको विरोध र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गरिएको माओवादी केन्द्रको भनाइ छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button