Main

ग्लोबल आइएमई बैंकले कमायो ३ अर्ब नाफा

काठमाडौं। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकले ४९.५१ प्रतिशतले खुद नाफा कमाएको छ। अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ नाफाले बढेको हो। अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यता, बैंकको खुद ब्याज आम्दानी भने ४.४१ प्रतिशतले घटेर १० अर्ब ३८ करोड ३९ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ। खुद ब्याज आम्दानी खुम्चिएपनि इम्पेयरमेन्ट चार्ज घट्दा यसको खुद नाफा बढ्न टेवा पुगेको हो। गत वर्ष ४ अर्ब १३ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष २ अर्ब २० करोड रुपैयाँमा झरेको छ।

पुस मसान्तसम्म आइपुदा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७१ पैसाले बढेर १६ रुपैयाँ ०२ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा छ। चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ। आरओई ९.६९ प्रतिशत छ।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button