Main

रास्वपाका डीपी अर्याल श्रममन्त्री बन्दै

काठमाडौं। प्रमुख तीन दलले मन्त्रालय र जिम्मेवारी बाँडफाड लगभग टुंग्याएका छन।

जसअनुसार नेकपा एमालेवाट रघुवीर महासेठले भौतिक तथा पुर्वाधार मन्त्रालयसहित सरकारमा सहभागी हुने भएका छन भने नेकपा माओवादी केन्द्रवाट नारायणकाजी श्रेष्ठ दोहोरिन पुगेका छन। परराष्ट्र मन्त्रालयको जिम्मेवारीसहित जान लागेका श्रेष्ठसँगै बर्षमान पुनले अर्थ मन्त्रालयको जिम्मेवारी लिने बुझिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीवाट उपप्रधानसहित रवी लामिछानेले गृह मन्त्रीको जिम्मेवारी लिने भएका छन भने शिक्षा मन्त्रालयको जिम्मेवारीमा सुहाना श्रेष्ठ तथा श्रम मन्त्रालयको जिम्मेवारीमा डीपी अर्याल, युवा तथा खेलकुदको जिम्मेवारीमा विराजभक्त श्रेष्ठ जाने भएका छन।

यो अनौपचारिक सहमति भए पनि यसले मुर्तता पाउन बाँकी रहेको छ।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button