पहिलो सन्तानलाई जन्म दिँदै अभिनेत्री लक्ष्मी बर्देवा

काठमाडौं । कलाकार जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराई पहिलो सन्तानको प्रतीक्षामा छन् । बिहीवार बेलुका आयोजना गरिएको फिल्म ‘दयारानी’को प्रिमियरमा लक्ष्मीले मिडियालाई यस्तो जानकारी दिएकी हुन् ।
प्रिमियर समारोहमा उनी पछ्यौराले पेट छोपेर पुगेकी थिइन् । उनको पेटमा सात महिनाको बच्चा हुर्किरहेको छ । पाँचवर्षअघि अभिनेता भट्टराईसँग लक्ष्मीले अन्तर्जातिय विवाह गरेकी थिइन् ।
उनले आफू योजनाअनुसार नै आमा बन्न लागेको र खुशि लागिरहेको पनि बताइन् । आगामी बैशाखतिर सन्तानलाई जन्म दिने उनले जनाइन् ।
नाटकबाट अभिनय करिअर थालेकी बर्देवाले घामपानी, मिस्टर झोले, डम्बरुको डन्डिबियाँे, बुलबुल, कागजपत्र, सेल्फी किङलगायतका फिल्ममा काम गरिसकेकी छन् । उनी पछिल्लो समय निर्देशनमा पनि सक्रिय छिन् । उनले आफ्नै फिल्म कम्पनीबाट म्युजिक भिडियो पनि निर्देशन गर्छिन् ।
लक्ष्मी र जीवन रियलजस्तै रियल लाइफमा पनि लोकप्रिय छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।