Main

सडक पेटीमा फोहोर गर्दा ५० हजार जरिबाना

११ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा फोहोर गर्दा ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

काठमाडौं–६ बौद्धमा सिन्धु सर्भिस एन्ड सप्लायर्स प्रालिलाई सडक पेटीमा फोहोर गरेर सरसफाइ नगरेको भन्दै महानगरले जरिबाना तिराएको हो ।

महानगरपालिकाले फुटपाथमा सामान राखेर पैदलयात्रुलाई अवरोध गर्ने, सडकमा निर्माण सामग्री थुपार्ने, जथाभाबी फाल्ने, पोस्टर, पम्प्लेट टाँस्नेलाई कारबाही गर्दै आएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button