Main

‘सहकारी सञ्चालकले निश्चित समयसम्म राजीनामा दिन नपाउने व्यवस्था गरौं’

३१ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले सहकारी सञ्चालकले निश्चित समयसम्म राजीनामा दिन नपाउने व्यवस्था आवश्यक रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सहकारी क्षेत्रमा अराजकता रहेको उनको भनाइ छ ।

‘सहकारी संचालकलाई जिम्मेवार बनाउन आवश्यक छ । अहिले राजीनामा गरेर जाने प्रवृति बढेको छ । निश्चित समयसम्म राजीनामा गरेरु पनि जान नहुने व्यवस्था गर्नुपर्छ । किनभने माछा देख्दा दुलोभित्र हात सर्प देख्दा दुलो बाहिर हात भने जस्तो अवस्था आउन दिनु हुँदैन’ सांसद मैनालीले भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button