Main

अर्थतन्त्र सुधारमा राय दिन पूर्वअर्थ सचिव खनाल नेतृत्वमा आयोग गठन

२२ असोज, काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको समग्र सुधारको रायसहित प्रतिवेदन पेस गर्न आयोग गठन गरेको छ ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ ।

‘मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारका लागि रायसहित प्रतिवेदन पेस गर्न पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार आयोग गठन गर्ने निर्णय गरिएको छ,’ मन्त्री गुरुङले भने ।

निजी क्षेत्रले लामो समयदेखि एक उच्चस्तरीय आयोग गठनको माग गरेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button