जब गुगलको जेमिनीले बनायो नग्न तस्वीर

११ फागुन, काठमाडौं । गुगलले हालै आफ्नो एआई प्लाटफर्म जेमिनी लञ्च गर्यो र यो प्लाटफर्मलाई लिएर कम्पनीले ठूला ठूला सपना देखिरहेको छ ।
तर हालै जेमिनीले एउटा ठूलो गल्ती गरेको छ । जेमिनीले तयार पारेको एआई सिर्जित तस्वीर सोसल मिडियामा भाइरल बनेको छ ।
समाचार अनुसार गुगलको जेमिनी एआईले मानवीय विविधताको नाममा एकजना महिलाको निर्वस्त्र तस्वीर तयार पारेको छ । जेमिनीले एकजना भाइकिंग जातिका व्यक्तिको भन्दै नग्न तस्वीर तयार पारेको थियो । तर सो तस्वीर र जातिको ऐतिहासिक तथ्यबीच कुनै सम्बन्ध छैन ।
इण्डिया टुडेका अनुसार एक प्रोम्प्टमा पनि एउटा यस्तै तस्वीर देखिएको थियो, जुन कम्मरभन्दा माथि निर्वस्त्र थियो ।
सोसल मिडियामा जेमिनीले गरेका यस्तै गल्तीका कैयन् उदाहरण देख्न सकिन्छ जहाँ तथ्यगत सटीकताको चक्करमा जेमिनीले के के सम्म बनाइदिएको छ । यस्तोमा कैयन् मानिसहरुले यसबाट पोनोग्राफिक तस्वीर पनि बनाउन सक्दछन् ।
स्मरण रहोस् ओपन एआईको तस्वीर तयार पार्ने प्लाटफर्म डलइ र मिटजर्नीमा यस्तै टूल्स छन् जसले नग्न तस्वीर बनाउनबाट रोक्दछन् ।
यसैबीच जेमिनीले नग्न तस्वीरहरु तयार पार्न थालेपछि गुगलले तत्काललाई जेमिनीको तस्वीर सिर्जना गर्ने फिचरलाई निलम्बन गरेको छ । तस्वीर तयार पार्ने क्रममा देखिएका विरोधाभाष तथा समस्याहरुको समाधान गर्न तत्कालका लागि जेमिनीलाई तस्वीर सिर्जना तत्कालका लागि रोकिएको गुगलले जनाएको छ । एजेन्सीको सहयोगमा
– यस समाचारको श्रोत : Online Khabar हो ।