Main

भारतविरुद्ध संघर्ष गर्दै अस्ट्रेलिया, पहिलो दिनमै १७ विकेट खस्यो

७ मंसिर, काठमाडौं । भारतसँगको पहिलो टेस्टको पहिलो दिनको खेल सकिँदा अस्ट्रेलिया संघर्ष गरिरहेको छ ।

पहिलो दिनमै दुई इनिङ गरेर १७ विकेट खस्दा अस्ट्रेलिया ६७-७ को स्थितिमा छ । एलेक्स केरी १९ रनमा अविजित छन् । ट्राभिस हेडले ११ तथा नेथन मेकस्विनीले १० रन बनाए ।

भारतका लागि जसप्रीत बुमराहले १० ओभरमा १७ रन दिएर ४ विकेट लिए । त्यस्तै मोहम्मद सिराजले २ तथा हर्षित रानाले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत १५० रनमा अलआउट भएको थियो । भारतका लागि नितिश कुमार रेड्डीले सर्वाधिक ४१ रन बनाए भने रिषभ पन्तले ३७ रन बनाए ।

अस्ट्रेलियाका जोश हेजलवूडले १३ ओभरमा २९ रन दिएर ४ विकेट लिए । त्यस्तै मिचेल स्टार्क, प्याट कमिन्स र मिचेल मार्शले २-२ विकेट लिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button