अञ्जन र लकेनले संकटाबाट आहारारा पोखरा गोल्डकप खेल्ने
११ माघ, पोखरा । नेपाली राष्ट्रिय टिमका स्टार अन्जन विष्टसहित केही नाम चलेका खेलाडीले संकटा क्लबबाट २३औं आहारारा पोखरा गोल्डकप खेल्ने भएका छन् ।
अञ्जनसहित मिडफिल्डर लकेन लिम्बु, गोलकिपर दीप लिम्बु लगायत खेलाडीसहित आहारारा पोखरा गोल्डकपको उपाधि रक्षा गर्ने लक्ष्यका साथ संकटा पोखरा आएको छ ।
अञ्जन र लकेनले केही समयअघि सम्पन्न नेपाल सुपर लिग झापा एफसीबाट एकसाथ खेलेका थिए । यस्तै यसअघि भएको गत सिजनको ए डिभिजन लिगमा अन्जनले चर्च ब्वाइजबाट खेलेका थिए भने लकेनले थ्री स्टार क्लबबाट खेलेका थिए ।
यस्तै दीप कार्कीले वीरगंज युनाइटेडबाट एनएसएल खेलेका थिए ।
यसैगरी संकटाको अन्य खेलाडीमा राष्ट्रिय टिममा युवा मिडफिल्डर आयुष घलाल, राष्ट्रिय टिमबाट खेलिसकेका सुमित श्रेष्ठ र सुरजज्यू ठकुरी पनि छन् ।
यस्तै विदेशी खेलाडी फोडे फोफाना, स्टेफेन र जिन एनिसेट एमबोउमी पनि संकटाको टिममा छन् । फोडे र स्टेफेनले धनगढी एफसीबाट एनएसएल खेलेका थिए ।
संकटाको प्रशिक्षकमा रविन्द्र शिलाकार छन् भने अजय महर्जन गोलकिपर प्रशिक्षक छन् ।
साविक विजेता संकटाले यस सिजन सिधै क्वाटरफाइनलमा त्रिभुवन आर्मी एफसीसँग खेल्नेछ ।
संकटाको टिम :
गोलकिपर : दीप कार्की, निशान राना
डिफेण्डर : एनिसेट एमबोउमी, विकास दास थारु, कुलदिप कार्की, सुमित श्रेष्ठ, सुरज विष्ट, सुजल श्रेष्ठ, एकराज बुढाथोकी, विशाल बस्नेत
मिडफिल्ड : अनिल महर्जन, चन्दस दास, फोडे फोफाना, लकेन लिम्बु, सुरज ज्यु ठकुरी
फरवार्ड : अन्जन विष्ट, आयुष घलान, स्टेफेन विनोङ
– यस समाचारको श्रोत : Online Khabar हो ।