Main
पद्मश्री पुरस्कारका लागि ५ पुस्तकको सूची सार्वजनिक

१५ साउन, काठमाडौं । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरेको छ ।
प्रतिष्ठानले कृष्ण गौतमको अद्वैत, सानु शर्माको अर्को देशमा, रोशन शेरचनको गल्ली संसार, कुमार नगरकोटीको जोगियाना र गोविन्दप्रसाद कुसुमको भृकुटीलाई उत्कृष्ट पुस्तकको सूचीमा राखेको हो ।
यसअघि चयन प्रक्रियाको पहिलो चरणमा असार १५ गते १५ पुस्तकको विस्तारित सूची सार्वजनिक भएको थियो । यही १५ पुस्तकमध्येबाट पाँच पुस्तकको सूची सार्वजनिक गरिएको हो । यसमध्ये एक पुस्तकले २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्नेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।