Main
‘आईएमई पे’ बाट टिकट काटेर बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता हेर्न सकिने

काठमाडौं । धरानमा जारी प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको टिकट ‘आईएमई पे’ बाट काट्न सकिने भएको छ ।
२६ फागुनदेखि सुरु बूढासुब्बा गोल्ड कप फुटबल २४औं संस्करण हेर्न सहज बनाउने उद्देश्यले ‘आईएमई पे’ बाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको हो ।
३ चैतसम्म आयोजना हुने प्रतियोगिता अवधि भर ‘आईएमई पे’ बाट टिकट काट्न सकिने छ ।
यसपटकको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा ८ वटा क्लब सहभागी छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।