Main

व्यक्तिभन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दु कम गर्दा हुने

२९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गर्ने बताएको छ ।

हाल संस्थागत मुद्दती निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा २ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्नुपर्ने व्यवस्था थियो ।

निक्षेपको ब्याजदर घट्दै जाँदा संस्थागत निक्षेपकर्ताले उक्त व्यवस्था अनुसार संस्थागत निक्षेपकर्ताको आम्दानी नै प्रभावित भएको भन्दै त्यसलाई परिमार्जन गर्न लबिङ गर्दै आएका थिए ।

हाल व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भन्दा २ प्रतिशत कम ब्याज दिनुपर्ने अवस्थामा अब भने १ प्रतिशत बिन्दु कम गर्दा हुने भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button