अनु शाहको कमब्याक फिल्म ‘ईश्वर’ साउन ११ गते रिलिज हुने, पोस्टर सार्वजनिक

काठमाडौं । राजु गिरी निर्देशित फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् ।
ताललाई पृष्ठभूमिमा राखेर बनाइएको पोस्टरमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देख्न सकिन्छ । पोस्टरमा साइकललाई पनि देखाइएको छ ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा गिरीको निर्देशन तथा हरिबहादुर थापाको निर्माण छ । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ ।
निर्देशक गिरीका अनुसार केही दिनअघि पोखरामा फिल्मको प्रिमियर गरिएको थियो । ‘फिल्म हेरेका अधिकांश दर्शकका आँखा रसाएका थिए’ निर्देशक गिरीले भने ।
लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीको पनि अभिनय छ ।
यो फिल्मबाट अभिनेत्री शाहले ५ वर्षपछि कमब्याक गरेकी हुन् । उनको पछिल्लो प्रदर्शनमा आएको फिल्म ‘पसिना’ हो ।
फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको नृत्य निर्देशन छ । रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन छ ।
फिल्मको वितरणको आरआर फिल्मसले गर्दैछ । फिल्म साउन ११ मा रिलिज हुँदैछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।