Main

अफगानिस्तानविरुद्ध नेपाललाई पहिलो झड्का

१२ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानले दिएको १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा ओपनर अर्जुन कुमाललाई गुमाएको छ ।

नेपालका भरपर्दा ब्याटर अर्जुन कुमाल तीव्र गतिका बलर फरिदुनले पाँचौं ओभरको दोस्रो बलमा १० रनमा बोल्ड आउट गरेका हुन् ।

अर्जुन १४ बलमा २ चौकासहित १० रनमा आउट भए । उनी एज लागेर बोल्ड हुन पुगेका थिए ।

जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४.२ ओभरमा १ विकेट गुमाउँदै ११ रन बनाएको छ ।

नेपालका ओपनर विपिन रावलले १२ मा खाता खोल्न सकेका छैनन् । अर्जुन आउट भएपछि गुल्शन झा ब्याटिङमा आएका छन् ।

नेपालले उनलाई माथिल्लोक्रममा पठाएको छ । गुल्शलेन स्पिन राम्रो खेल्ने हुँदा चौथो नम्बरमा कप्तान देव खनाललाई रोकेर उनलाई पठाएको हो । यो खेल जित्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button