Main
कुलिङ पिरियडबारे छानबिन समितिले गर्यो रामहरिसँग सोधपुछ
३२ असार, काठमाडौं । कुलिङ पिरियडबारे भएको भनिएको हेरफेर छानबिन गर्न गठित संसदीय विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको छ । बिहीबार खतिवडालाई विशेष समितिले सिंहदरबारस्थित समितिको सभाकक्षमा बोलाएर सोधपुछ गरेको हो । विशेष समिति कांग्रेसका सांसद जीवन परियारको नेतृत्वमा छ । समितिको बैठक जारी रहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।