अभिनेता जोन क्रासिन्स्की यस वर्षका ‘जीवित सेक्सी पुरुष’ घोषित
काठमाडौं । अमेरिकी अभिनेता तथा निर्देशक जोन क्रासिन्स्कीलाई पिपल म्यागजिनले सन् २०२४ को लागि ‘जीवित सेक्सी पुरुष’ घोषणा गरेको छ । ‘द अफिस’ र ‘द क्वाइट प्लेस’ स्टारले आफूलाई यो उपाधि दिइएकोप्रति प्रतिक्रिया दिंदै यसलाई ‘अवास्तविक’जस्तो लागेको बताएका छन् ।
‘होइन, यो सपना होइन’, उनले ठट्टा गरे, ‘तत्कालका लागि यो सोच्नै नसकिने कुरा हो । वास्तवमा मेरो दिमाग नै बन्द भएजस्तो लागेको छ । यतिबेला मेरो मस्तिष्कमा शून्य विचार छन् । यो केवल एक पूर्ण वास्तविकता थियो ।’
क्रासिन्स्कीले यो कुराले आफ्नी पत्नी एमिली ब्लन्ट पनि रोमाञ्चित भएको बताए । ‘मैले एमिलीलाई यो कुरा भन्दा उनी धेरै उत्साहित सुनिइन्’, उनले हाँस्दै भने ।
यो कुराले आफ्ना भाइहरु पनि रोमाञ्चित हुने उनको भनाइ छ । पिपल म्यागजिनले सन् २०२२ मा प्याट्रिक डेम्प्सीलाई सबैभन्दा ‘जीवित सेक्सी पुरुष’ घोषणा गरेको थियो । त्यसअघि क्रिस इभान्सलाई पनि यो उपाधि प्रदान गरिएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।