Main
अभिनेता विपिन कार्कीलाई पुत्रीलाभ
काठमाडौं । अभिनेता विपिन कार्कीलाई दोस्रो सन्तानको रुपमा पुत्रीलाभ भएको छ । उनकी पत्नी रेस्मा कटुवालले बुधबार बिहान सुमेरु सिटी अस्पतालमा सन्तानलाई जन्म दिएकी हुन् ।
‘दोस्रो पटक पनि लक्ष्मीको आगमन भएको छ । हामी खुसी छौं’ विपिनले अनलाइनखबरसँग भने, ‘अस्पतालबाट डिस्चार्ज भएर घरमा पुगेर म फिल्मको काममा फर्किन्छु ।’
विपिन लगत्तै ‘ऊनको स्वीटर’को छायांकनमा ब्यस्त हुँदैछन् । यो फिल्मको १० दिनको छायांकन तालिका बाँकी छ । यो फिल्मको छायांकन हुँदाहुँदै विपिनलाई मातृशोक परेपछि छायांकन रोकिएको थियो ।
त्यसपछि विपिन तुलसी घिमिरेको फिल्म ‘पहाड’ र सौरभ चौधरीको ‘कर्मा’मा ब्यस्त हुनेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।