Main

अमेजन प्राइमको सिरिज ‘बिग गर्ल्स डन्ट क्राइ’मा गौरी मल्ल

काठमाडौं । अभिनेत्री गौरी मल्लले अमेजन प्राइमको भारतीय वेब-सिरिज ‘बिग गर्ल्स डन्ट क्राइ’मा अभिनय गरेकी छन् । सामाजिक सञ्जालमा उनले यसबारे जानकारी दिंदै पूजा भट्टसहितका अन्य कलाकारसँगको फोटो सेयर गरेकी छन् ।

आफूले छोटो रोलमा अभिनय गरेको र सिरिजको सफलताको लागि पनि उनले बधाई दिएकी छन् ।

गौरी लेख्छिन्, ‘यस्तो समर्पित र रचनात्मक मस्तिष्कहरुसँग काम गर्नको लागि यो एक अद्भूत अनुभव थियो । सानो भूमिकामा पनि योगदान गर्न पाउँदा म अत्यन्तै नम्र महसुस गर्छु । एकै समयमा ठूला सिनेमाले कास्टिङ डाइरेक्टरलाई कत्तिको महत्व दिन्छन् भनेर बुझ्न पाउँदा अचम्म लाग्छ । मेरो कास्टिङ डाइरेक्टर पुकारराज सिंह भण्डारीको समन्वयको लागि उहाँको महत्वपूर्ण भूमिकालाई मैले स्वीकार गर्नैपर्छ ।’

निर्देशक नित्या मेहराले आफ्नो खराब स्वास्थ्यको बाबजुद पनि कामप्रति उनको परिश्रम देखेर आफू उत्प्रेरित भएको गौरीले बताएकी छिन् । ‘मलाई वास्तवमै निर्देशक नित्या मेहराको स्वास्थ्य समस्याको बाबजुद कडा परिश्रम देखेर म उत्प्रेरित भएँ । उनी आफ्नो काममा उदाहरणीय थिइन् । अमेजन प्राइमको लोगो हेर्न र स्क्रिन सेयर गर्ने सबैभन्दा खुसीको क्षण थियो। । सफलताको लागि बधाई,’ उनी भन्छिन् ।

यो सिरिज अहिले अमेजन प्राइम भिडियोमा स्ट्रिमिङ भइरहेको छ । यसले भारतीय मिडियाबाट सकारात्मक प्रतिक्रिया पनि प्राप्त गरेको छ ।



– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button