Main
अमेरिकाको सुदूरपश्चिम नेपाली समाजमा विक्रम

३१ असार, अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको सुदूरपश्चिम नेपाली समाजको अध्यक्षमा बाजुराका विक्रम शाही निर्विरोध निर्वाचित भएका छन् ।
समाजको दोस्रो साधारण सभाले गठन गरेको निर्वाचन समितिमार्फत शाहीको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । उक्त संगठनको उपाध्यक्षमा हरिष साउद र महासचिव यज्ञ राना निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा निलम भाट र सचिवमा विनोद कुँवर निर्वाचित भए।
यस्तै कार्य समिति सदस्यमा योगेन्द्र सिंह, लोक बवक, डम्मर भण्डारी, रोशनी खड्का, धन बडुवाल र रिता शाही चयन भएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।