Main
अमेरिकामा बस्तीमा खस्यो निजी विमान
८ जेठ, काठमाडौं । अमेरिकाको सान डिएगोमा एउटा विमान दुर्घटनामा परेको छ । आवासीय क्षेत्रमा उक्त विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । स्थानीय समय अनुसार बिहान ३ः४५ बजे विमान दुर्घटना भएको बताइएको छ । बीबीसीका अनुसार उक्त विमान आवासीय क्षेत्रका धेरै घरहरूमा ठोक्किएको थियो । जसकारण घरहरूमा आगलागी भएको बीबीसीले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।