Main

अमेरिकी डलरको भाउ सामान्य बढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार हेर्नुहाेस्

काठमाडौ। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलरको भाउ ०३ पैसाले बढेको छ। आज एक अमेरिकी डलरको खरिददर १३८ रूपैयाँ १७ पैसा र बिक्रीदर १३८ रूपैयाँ ७७ पैसा कायम गरिएको छ। यसअघि बुधबार डलर एकको खरिददर १३८ रूपैयाँ १४ पैसा र बिक्रीदर १३८ रूपैयाँ ७४ पैसा कायम गरिएको थियो।

बिहिबार यूरोपियन युरो एकको खरिदमूल्य १४३ रूपैयाँ ७८ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ४० पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा बुधबार १८ पैसाले घटेको छ। बुधबार युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ०५ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ६८ पैसा तोकिएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७१ रूपैयाँ ६३ पैसा र बिक्रीदर १७२ रूपैयाँ ३७ पैसा कायम गरिएको छ। यसअघि यसको खरिददर १७१ रूपैयाँ ७८ पैसा र बिक्रीदर १७२ रूपैयाँ ५३ पैसा थियो।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ०६ र बिक्रीदर ८६ रूपैयाँ ४३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ८१ पैसा र बिक्रीमा ९६ रूपैयाँ २३ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९३ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०५ पैसा तथा बिक्री दर १९ रूपैयाँ १४ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६० पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ९० पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ०६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८४ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३१ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५८ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४४७ रूपैयाँ ८८ पैसा र बिक्रीदर ४४९ रूपैयाँ ८२ पैसा र बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ५० पैसा र बिक्रीदर ३६८ रूपैयाँ ०९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button