Main

अमेरिकी डलरको मूल्यमा दैनिक नयाँ रेकर्ड

२२ साउन, काठमाडौं । उच्च मूल्यमा पुगेको अमेरिकी डलरले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । मंगलबार अमेरिकी डलरको भाउ १५ पैसा बढेको छ ।

अमेरिका, भारतसहितका मुलुकहरुको स्टक मार्केटमा गिरावट आउँदा डलरको माग बढ्न गएको छ, जसले गर्दा डलरको मूल्य उच्च दरले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस दिन नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ ४६ पैसा र खरिददर मूल्य १३३ रुपैयाँ ८६ पैसा तोकेको छ । एक युरोको बिक्रीदर मूल्य १४७ रुपैयाँ २१ पैसा छ भने खरिदर मूल्य १४६ रुपैयाँ ५६ पैसा छ ।

एक साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ८२ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ६६ पैसा छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ८७ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ७० पैसा तोकिएको छ ।

एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ६१ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ४४ पैसा तोकिएको छ । एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य ३० रुपैयाँ ३९ पैसा तथा खरिददर मूल्य ३० रुपैयाँ २५ पैसा छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button