Main

बार्सिलोनाका प्रशिक्षक जाभी बर्खास्त

११ जेठ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नान्डेजलाई बर्खास्त गरेको छ । अब आइतबार सेभियाविरुद्ध हुने खेल नै बार्सिलोनाको प्रशिक्षकका रूपमा उनको अन्तिम खेल हुनेछ ।

४४ वर्षीय जाभीले जनवरीमा सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका थिए । तर क्लबका अध्यक्ष जोन लापोर्टेले उनलाई सम्झौताअनुसार २०२५ जुनसम्म राख्न पहल गरे । जाभी पनि त्यसमा सहमत भएका थिए । तर बार्सिलोनाले युटर्न लिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button