Main
अम्बानीको विवाहमा स्टारको ताँती (तस्वीर)

काठमाडौं । भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त र प्रेमिका राधिका मर्चेन्टको विवाह शुक्रबार बेलुका मुम्बईमा भएको छ । शनिबार शुभ आशिर्वाद समारोह आयोजना गरियो ।
आइतबार र सोमबार मुम्बईमा भव्य रिसेप्सन समारोहको आयोजना गरिएको छ । चार महिना लामो वैवाहिक समारोह यो सप्ताहन्तमा सकिनेछ । ३५० मिलियन अमेरिकी डलरको खर्च हुने अनुमान गरिएको यो विवाहमा हलिउड र बलिउड स्टारको बाक्लो उपस्थिती छ ।
सेलिब्रेटीमात्र होइन विदेशी धनाढ्य र व्यवसायी, राजनीतिज्ञ समेत वैवाहिक समारोहमा सहभागि रहे । हलिउड स्टारहरु जोन सिना, किम कार्दसियन, गायक रेमासहित भारतीय फिल्म उद्योगका सबैजसो स्टार अम्बानीको विवाह समारोहमा सहभागि रहे ।
हेर्नूस तस्वीर :
– यस समाचारको श्रोत : Online Khabar हो ।