अरुणभ्याली हाइड्रोपावरको नाफा ८ गुणा बढ्यो
२६ कात्तिक, काठमाडौं । अरुणभ्याली हाइड्रोपावर कम्पनीको नाफा ८.२ गुणा बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ११ करोड ३२ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १ करोड ३८ लाख रुपैयाँ थियो ।
कम्पनीको विद्युत् बिक्री आम्दानी नै बढेपछि नाफामा उल्लेख्य वृद्धि देखिएको छ । बिक्री आम्दानी पहिले १ करोड ३२ लाख रुपैयाँ रहेकोमा अहिले ७ करोड ७४ लाख रुपैयाँ छ ।
कम्पनीको वित्तीय लागत उच्च दरमा घटेको छ । यस्तो लागत पहिले ४ करोड २० लाख रुपैयाँ रहेकोमा अहिले १ करोड २३ लाख रुपैयाँ छ । बैंकको ब्याजदर घट्दा कम्पनीको वित्तीय लागतमा उल्लेख्य कमी आएको हो ।
बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घट्नुले नै कम्पनीको नाफामा उच्च वृद्धि देखिन्छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२ रुपैयाँ १२ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ८३ पैसा छ । आइतबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता २९० रुपैयाँ ५० पैसा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।