Main

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं। जिल्ला अदालत काठमाडौँले साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले प्रसाईंलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

साईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको थियाे भने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो।

मुद्दामा प्रसाईंलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको थियो। उनलाई यहि असोज ६ मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button