Main

बायर्नविरुद्ध पुनरागमन जितसहित रियल च्याम्पियन्स लिगको फाइनलमा

२७ वैशाख, काठमाडौं । जोसेलुले अन्तिम समयमा दुई गोल गरेपछि बायर्न म्युनिखविरुद्ध उत्कृष्ट पुनरागमन जित निकाल्दै रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति घरेलु मैदान सान्टियागो वर्नाबेउमा भएको दोस्रो लेगमा जर्मन क्लब बायर्नलाई २-१ ले पराजित गरेपछि समग्रमा ४-३ को नतिजासहित रियल फाइनल पुगेको हो । अब रियलले १५औं उपाधिका लागि अर्को जर्मन क्लब बोरुसिया डर्टमण्डसँग खेल्नेछ ।

रियलका लागि जोसेलुले ८८औं मिनेट र इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरे । त्यसअघि ह्यारी केनले ६८औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

यसअघि बार्यनको घरेलु मैदानमा भएको खेल २-२ को बराबरीमा सकिएको थियो । दोस्रो लेगमा पनि अन्तिम दुई मिनेट अघिसम्म बायर्न फाइनल नजिक थियो । तर अन्तिम सममया सम्हालिन नसक्दा रियलले दुई गोल फर्काउँदै फाइनल पुगेको हो ।

अब रियल र डर्टमण्डबीच फाइनल खेल १ जुनमा लण्डनस्थित वेम्बली मैदानमा हुनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button