Main
अर्थमन्त्री थप उपचारका लागि जलन अस्पताल, किर्तिपुरमा
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ।
पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा बेलुन पडकिएर घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको थप उपचारका लागि किर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको हो।
अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार गण्डकी अस्पताल, पोखरामा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौं अस्पताल ल्याइएको उनको सचिवालयले जनाएको छ।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।