Main
अर्थमा सहसचिवहरूको जिम्मेवारी हेरफेर

२८ साउन, काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ ।
मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा श्रीकृष्ण नेपाल आएका छन् । उनी यसअघि अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा थिए ।
यो महाशाखामा भने धनीराम शर्मालाई जिम्मेवारी दिइएको छ । अहिले राजस्व र वित्तीय संघीयता समन्वय महाशाखा खाली छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।