‘अली पे’ र ‘लंका पे’ लाई क्रस बोर्डर भुक्तानीको स्वीकृति दिइसक्यौं : गभर्नर

२५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘अली पे’ र ‘लंका पे’ सँग पनि इन्ट्रिग्रेसनका लागि स्वीकृति दिने काम भइसकेको बताएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले क्रसबोर्डर भुक्तानीमा ‘अली पे’ सँगको इन्ट्रिग्रेसनपछि चीनसँगै सिंगापुर, थाइल्यान्ड लगायतका देशसँग पनि क्रसबोर्डर भुक्तानी सुरू हुने बताए ।
सेटलमेन्ट बैकको रूपमा सम्झौता गर्न चीनको एउटा बैंक तयार भइसकेको र त्यसका लागि छलफल चलिरहको उनले बताए।
निकट भविष्यमा नै क्रसबोर्डर भुक्तानी धेरै अगाडि बढ्ने भन्दै उनले भारतसँग पनि नेपालीले गर्ने भुक्तानी सुरू गर्न स्वीकृति दिइएको बताए ।
नेपाल आउँदा भारतीयले डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था फागुनदेखि नै भइसकेको उनले बताए ।
यस्तो भुक्तानी सुरूमा सुदूरपश्चिममा बढी देखिए पनि पछिल्लो समय बागमती र गणडकीमा पनि बढी देखिएको उनले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।