अल्ट्रा धावक सुमनलाई अष्ट्रियाको सीकप्रीड फाउण्डेशनले आर्थिक सहयोग गर्ने
१२ कात्तिक, काठमाडौं । नेपालका अल्ट्रा धावक सुमन कुलुङ राईलाई अष्ट्रियाको सीकप्रीड फाउण्डेशले सहयोग गर्ने भएको छ । विगत दुईवर्ष देखि धावक राईलाई आवश्यक सहयोग गर्दै आएको फाउण्डेशनले आगामी खेल जीवन भर आर्थिक सहयोग गर्ने बताएको छ । यसका लागि एक वर्षको करिव १२ हजार युरो खर्च हुने फाउण्डेशनले अनुमान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसँगको भेटमा फाउण्डेशनकी अध्यक्ष सिकप्रीडले धावक राई विश्वको दश जना खेलाडी भित्र पर्ने सम्भावना रहेको बताईन् । राईको शारीरिक परिक्षणबाट उनी भित्र खेल सम्भावना देखिएको जानकारी गराउदै नेपालमा सुमन जस्ता धेरै खेलाडी हुन सक्ने उनको भनाई छ ।
धावक राई पर्यटकको गाईडका रुपमा काम गर्दा दुई वर्ष पहिला फाउण्डेशनका पदाधिकारीसँग सम्पर्कमा आएका थिए । फाण्डेशनले राईको सम्पूर्ण मेडिकल चेकअप गर्दा विश्वका दश धावक भित्र पर्ने सम्भावना देखिएको भन्दै सहयोग गरेको जानकारी दिएका छन् ।
फाउण्डेशनकी अध्यक्ष सिकप्रीडले सन २०२५ सेप्टेम्वरमा आयोजना हुने वर्ल्ड च्याम्पियनशिपमा सभागीहुने नेपाली टिमका लागि मेडिकल लगायतको खर्च व्यवस्थापन गरिदिने बताइन् ।
छलफल कार्यक्रम नेपाल एड्भेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुवँरले पनि सहभागि थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।