अवैध गर्भपतन गराएको भन्दै जनकपुरको एक पोलिक्लिनिकमा सिल

२२ पुस, काठमाडौं । अवैध गर्भपतन गराएको पाइएपछि जनकपुरधाम उपमहानगरपालिकाले एक एक पोलिक्लिनिक बन्द गराएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकमा सञ्चालित शिव गुरु प्राथमिक उपचार पोलिक्लिनिकलाई आइतबार साँझ सिल गरिएको हो ।
एक २० वर्षीया अविवाहित महिलाको ६ महिनाको गर्भ चेकजाँच बिना नै स्टाफ नर्सले गरिरहेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखाको अनुगमन टोलीले फेला पारेको जनाएको छ ।
उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नविनकुमार मिश्र र स्वास्थ्य सल्लाहकार डा. नविन साहसहितको अनुगमन टोलीले पोलिक्लिनिक सिल गरेको हो ।
अवैध गर्भपतन गरेको अनुगमनमा फेला परेपछि मेयर मनोज साहको निर्देशनमा पोलिक्लिनिक सिल गरेको उनका स्वास्थ्य सल्लाहकार डा. साहले बताए ।
शाखा प्रमुख मिश्रका अनुसार गर्भपतन गर्ने स्वास्थ्यकर्मीले महिलाको २ महिनाको गर्भ रहेको बताएको तर गराउने महिलाले ६ महिनाको गर्भ रहेको भनेपछि थप कागजातहरु खोज्दा भेटिएको थिएन ।
चिकित्सकको सल्लाहमा चेकजाँच गरेपछि गर्नुपर्ने प्रक्रिया पूरा नगरेको, गर्भपतनको बेला चिकित्सक नरहेको पनि देखिएको मिश्रले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।